site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण, ९ जनाको मृत्यु
सांकेतिक तस्बिर ।

आक्रा, घाना । घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन् ।  

पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाईका अनुसार माथिल्लो पूर्वी क्षेत्रको अशान्त सहरी समुदाय बावकुबाट छिमेकी बुर्किना फासोको बजार केन्द्रतर्फ जाँदै गर्दा आक्रमण भएको हो ।

Dabur Nepal
NIC Asia

अब्दुलाईले भने, “बावुकु र आसपासका क्षेत्रमा सशस्त्र आक्रमणका कारण प्रहरीको सुरक्षामा गाडीहरू चलाइएको र ती गाडीहरूमा केही ब्यापारीसमेत रहेका थिए ।"

सुरक्षा गस्तीसहित चलाइएका बसमा अज्ञात बन्दुकधारीहरूले पुसिगाको नजिकै बसहरूमा एक्कासी गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो र अन्य केही घाइते भएका थिए ।

अब्दुलाईका अनुसार सुरक्षा निकायले द्रूत गतिमा जवाफी कारबाही गर्दै आक्रमणकारीको खोजी सुरु गरेको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro