site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५० सशस्त्र प्रहरीले लिए फायर फाइटिङ तालिम

काठमाडौं । सशस्त्र प्रहरी बलको विपद् उद्धार गणले फायर फाइटिङ तालिम आयोजना गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंले सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई अन्तिम डेमो देखाउँदै तालिम सम्पन्न गरेको हो ।

तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरूलाई डीआईजी थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

बढ्दो सहरीकरणसँगै जुनसुकै स्थानमा हुनसक्ने आगलागी नियन्त्रण तथा धनजनको क्षति न्यूनीकरण उक्त तालिम प्रभावकारी हुने डीआईजी थापाको भनाइ छ । चार हप्ता लामो तालिममा ५० जना सशस्त्र प्रहरीका कर्मचारी सहभागी थिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरूले ग्याँस पाइप, रेगुलेटरमा लागेकोआगो नियन्त्रण गर्ने विधि, मानिसको शरीरमा लागेको आगो निभाउने विधि तथा सहर बस्ती इलाकामा लागेको आगोलाई दमकलको सहायताले नियन्त्रण गर्ने सम्बन्धी डेमोस्ट्रेसन समेत गरेका थिए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro