site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानको कार्यसमितिमा दुई पद थपिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभाले कार्यसमितिमा दुई पद थप्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंमा भएको साधारणसभाले क्यानको १७ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष र सह–सचिव थपेर १९ पुर्‍याउने निर्णय गरेको हो ।

साधारणसभाले प्रतिनिधि विवाद रहेको झापा जिल्लाको मताधिकार खोस्ने निर्णय गरेको छ ।

क्यानको विधानअनुसार एक जिल्ला संघबाट एक प्रतिनिधि र केन्द्रीय कार्यसमिति गरी ८६ जना प्रतिनिधिले मत हाल्न पाउनेछन् । तर, झापाबाट मनोज कटुवाल र लाक्पा लामा गरी दुईजना प्रतिनिधि आएकाले मताधिकार खोसिएको हो ।

झापाको मताधिकार खारेज भएसँगै शनिबार हुने निर्वाचनमा ८५ जनाले मात्र मत हाल्नेछन् ।

क्यानको आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीले उमेदवारी दिने घोषणा गरेका छन् ।

चन्द प्यानलबाट रोशन सिंह, सचिवमा पूर्वकप्तानसमेत रहेका पारस खड्का र कोषाध्यक्षमा पदम खड्काले उमेदवारी दिने निश्चित भएको छ । सचिवमा पारसलाई प्रशान्तविक्रम मल्लले चुनौती दिनेसमेत पक्का भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro