site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला फुटबलमा भियतनामसँग नेपालको हार
फाइल तस्बिर ।

काठमाडौं । चीनको होङझाउमा जारी १९औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली टिम भियतनामसँग २–० ले पराजित भएको छ ।

शुक्रबार विनझाउ स्पोर्ट्स सेन्टर रंगशालामा सम्पन्न खेलमा भियतनामलाई जित दिलाउन पाम हाइ यन र एनगुयन हाङले समान एक गोल गरे ।

गत महिना अस्ट्रेलिया र न्यूजिल्यान्डमा भएको फिफा महिला विश्वकप खेलेको भियतनामलाई पहिलो हाफमा गोलरहित रोके पनि नेपालले दोस्रो हाफमा दुई गोल व्यहोर्‍यो । खेलको ५३औँ मिनेटमा यानले गोल गर्दै भियतनामलाई अग्रता दिलाएकी थिइन् ।

यस्तै, ६४औँ मिनेटमा हाङले गोल गर्दै भियतनामको अग्रता दोब्बर बनाएकी थिइन् । यसपछि थप गोल नहुँदा नेपाल २–० ले पराजित भयो ।

जितसँगै तीन अंक जोडेको भियतनाम समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार व्यहोरेको नेपाल पुछारमा छ । अब नेपालले सोमबार जापानको सामना गर्नेछ । यो समूहमा नेपालसँगै भियतनाम, जापान र बंगलादेश छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro