site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चतुरबहादुर चन्दको चार वर्षे कार्यकाल असफल भएकाले मेरो उमेदवारी : विनय राजभण्डारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा बर्दियाका विनय राजभण्डारीले अध्यक्ष पदमा उमेदवारीको घोषणा गरेका छन् ।

राजभण्डारीले वर्तमान अध्यक्ष चतुरबहादुर चन्दको चार वर्षे कार्यकाल असफल भएकाले आफूले उमेदवार दिएको बताए ।

"चतुरबहादुर चन्दको चार वर्षे कार्यकाल असफल भएकाले मैले उमेदवारी दिएको हुँ । उनको कार्यकालमा नेपाल टी–२० ले ठूलो विवाद उत्पन्न गरायो । खेलाडीले लिग खेलेका पैसा पाएका छैनन्," उनले भने, "पहिलो उमेदवारी दिने अनि पछि फिर्ता लिने भन्ने हुन्न । जित–हार जे भए पनि म निर्वाचनमा लड्छु । भोलि चाँडै मेरो प्यानल सार्वजनिक हुनेछ ।"

बर्दियाका अध्यक्ष राजभण्डारी लुम्बिनी प्रदेशका उपाध्यक्ष हुन् । क्यानको निर्वाचन शनिबार हुने तालिका छ । निर्वाचनमा १७ सदस्यीय कार्यसमितिका लागि कुल ८६ मतदाताले मतदान गर्नेछन् ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro