site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महासमिति बैठक काठमाडौं बाहिर गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको आसन्न महासमिति बैठक काठमाडौं बाहिर गर्न माग गरिएको छ ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले काठमाडौं बाहिर मधेस प्रदेशमा गर्न माग गरेका छन् । साथै महासमितिले नीति अधिवेशनको पनि काम गर्ने भएकाले तीन दिनबाट समय बढाएर पाँच दिनसम्म बैठक सञ्चालन हुनुपर्ने धारणा केन्द्रीय सदस्यहरूको छ ।

बिहीबारबाट सुरु भएको दोस्रो दिनको शुक्रबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य मधु आचार्यले महासमिति बैठक काठमाडौं बाहिर गर्न अनुरोध गरे । उनले मधेस प्रदेश कार्यसमितिसँग परामर्श गरेर महासमिति बैठक मधेसमा राख्न अनुरोध गरे ।

“महासमितिको बैठक तीन दिनले नपुग्ने देख्छु किनभने नीति अधिवेशनको समेत काम गर्नुछ त्यसैले पाँच दिन पुर्‍याउन अनुरोध गर्दछु,” उनले भने ।

आचार्यले विषयगत नीति प्रस्ताव समिति गठन गर्नुपर्नेमा जोड दिए । साथै महासमिति बैठकलाई युवा तथा वुद्धिजीवीमैत्री बनाउनका लागि पर्यवेक्षकको समेत व्यवस्था गर्न उनले प्रस्ताव गरे । जसमा एकजना वुद्धिजीवी प्राज्ञिक व्यक्ति र एकजना १८ देखि ३० सम्मको व्यक्तिलाई पर्यवेक्षक बनाउनुपर्ने उनको धारणा थियो ।

यस्तै, अर्का केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्द पोखरेलले पनि महासमिति बैठक मधेस प्रदेशमै गर्नुपर्ने धारणा राखे । अर्का केन्द्रीय सदस्य जिपछिरिङ लामाले पनि महासमिति बैठक काठमाडौं बाहिर गर्नुपर्नेमा जोड दिए ।

“वीरगंज, जनकपुर गर्ने वा नेपालगञ्ज कही न कही गर्नुपर्छ यसले पार्टी चलयमान हुन्छ । महासमिति बैठक काठमाडौं गर्ने हैन,” उनले भने ।

कांग्रेसले मंसिर १३ देखि १५ सम्म काठमाडौंमा महासमिति बैठक गर्ने अघिल्लो केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro