site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्मला शर्मालाई गोपालदास पत्रकारिता पुरस्कार

काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिकोत्सवका अवसरमा विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ ।

यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ । प्रेस काउन्सिलबाट यो पुरस्कार पाउने शर्मा पहिलो महिला पत्रकार हुन् ।

Dabur Nepal
NIC Asia

काउन्सिलले ०५७ सालमा पहिलोपल्ट सो पुरस्कार गोविन्द वियोगीलाई प्रदान गरेको थियो । गत वर्ष यो पुरस्कार हरिबहादुर थापा र त्यसअघि पत्रकार भारतदत्त कोइरालाले प्राप्त गरेका थिए ।

यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका पत्रकार दमन राईलाई दिने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि एक लाख १० हजार रुपैयाँ रहेको काउन्सिलले जनाएको छ ।

शनिबार (भोलि) काउन्सिलले गोपालदास, सुरेन्द्रबहादुर बस्नेतसहित, सशक्त सञ्चारकर्मी, आचारसंहितालगायत पुरस्कार प्रदान गर्नेछ । पत्रकारितामा लामो समयदेखि योगदान पुर्‍याएका विभिन्न पत्रकारलाई सम्मान समेत गरिने काउन्सिलले जनाएको छ ।

सम्मान र पुरस्कार पाउने व्यक्ति/माध्यमको नामावली पढ्नोस्–

Press-1695361036.jpgPress2-1695361548.jpgPress4-1695361039.jpgPress3-1695361039.jpgPress1-1695361036.jpg

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro