site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता रोकियो
काठमाडौंमा बिहीबार शिक्षकको प्रदर्शनको दृश्य ।

काठमाडौं । आन्तरिक छलफलका लागि भन्दै सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता रोकिएको छ ।

शुक्रबार बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सरकारले छलफल गर्ने भनिएको थियो । तर, आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ताको समय सारिएको हो ।

बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधि छलफलका लागि सिंहदरबार पुगेका थिए । तर, बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए । छलफलपछि कानुनमन्त्री गुरुङले आज नै वार्ता निष्कर्षमा पुग्ने बताएका थिए ।

तर, दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनिएसँगै वार्ताको समय सारिएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । उनले वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेको जानकारी दिए ।

“दुवै पक्ष आन्तरिक तयारीमा छ । वार्ताले आकार लिएको छैन । हामी आन्दोलन परिचालन समितिको बैठक बस्छौँ । वार्ता समिति बनाउँछौँ,” उनले भने, “यताबाट वार्ता समिति बनेको छ । आन्तरिक गृहकार्यमा जान्छौँ । सरकार पनि आन्तरिक गृहकार्यमा छ । त्यसपछि औपचारिक संवाद सुरु हुन्छ । आन्दोलन जारी छ ।”

उनले वार्ता निष्कर्षमा पुग्ने टुंगो नभएकाले आन्दोलन जारी रहने बताए । सरकार र शिक्षकबीचको वार्ताको अर्को समय निर्धारण गरिएको छैन ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro