site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षकसँगको छलफल आज निष्कर्षमा पुग्छ : कानुनमन्त्री
काठमाडौंमा बिहीबार शिक्षकको प्रदर्शनको दृश्य ।

काठमाडौं । सरकारले आन्दोलित शिक्षकहरूका माग पूरा गर्ने गरी छलफल सुरु गर्ने जनाएको छ ।

शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानुनमन्त्री गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने जिकिर गरे । अबको छलफल निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

“शिक्षक साथीहरूका बुँदाहरूमा हामीले बुँदागत रूपमा नै बसेर छलफल गरेका छौँ । अब एक छिनपछि शिक्षक साथीहरूका प्रतिनिधिसँग बसेर अन्तिम टुंगो लगाउनेछौँ,” उनले भने, “उहाँहरूले राखेका विषयमा हामीले हिजोदेखि नै छलफल गरेका छौँ । अब उहाँहरूसँग बसेर छलफल गरी टुंगो लगाउँछौँ । आज टुंगिन्छ ।”

मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता जारी छ । यसअघि, बिहीबार दुईपटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किएको थिएन । गएको बुधबारयता शिक्षकहरू काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro