site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुख्यमन्त्रीसँग ४२ तोला सुन, अर्थमन्त्रीसँग निजी वन र एकनाले बन्दुक, वनमन्त्रीका दुईवटा भैँसी
Sarbottam CementSarbottam Cement

पोखरा । ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने आचारसंहिताविपरीत झन्डै तीन महिनापछि गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

गण्डकीका मन्त्रिपरिषद सदस्यहरूको आचारसंहिता अनुसार नियुक्तिको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने हुन्छ । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका मन्त्रीहरूले आचारसंहिता अनुसार असार दोस्रो साताभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने थियो । तर, उक्त समयभन्दा पछि भए पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

मुख्यमन्त्रीसँग ४२ तोला सुन

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक विवरणा अनुसार मुख्यमन्त्री पाण्डेसँग ४२ तोला सुन छ । चाँदी ५०० तोला र दुई सेट हिरा छ । जग्गा बेचेर हिरा किनेको उनले उल्लेख गरका छन् । पाण्डेसँग एक सेट मोती पनि रहेको छ ।

गोरखाको पालुङटारमा जन्मिएका पाण्डेसँग काठमाडौं महानगरपालिका–३ मा ९ आना २ दाम क्षेत्रफलमा बनेको घर छ । गोरखामा पाँच रोपनी १० आना १ दाम जग्गा र घर छ । यी दुवै सम्पत्ति पैतृक रहेको उनले खुलाएका छन् ।

Global Ime bank

एभरेस्ट बैंकमा मुख्यमन्त्री पाण्डेको २४ लाख ९६ हजार नगद मौज्दात छ । श्रीमती बिना पाण्डेसँग प्रभु बैंकमा मुद्दती खातामा ६० लाख नगद छ भने छोरा सुयोग्यराज पाण्डेको नाममा ग्लोबल आईएमईमा एक लाख ५६ हजार मौज्दात छ । श्रीमतीको नामको ६० लाख रुपैयाँको स्रोत तलब तथा उपदान रहेको छ ।

पाण्डले २३ लाख ऋण लिएको उल्लेख गरेका छन् । उक्त ऋण राष्ट्रिय वाणिज्य बैंकबाट लिइएको हो । उनकी श्रीमतीको नाममा ३२ लाखको कार छ ।

अर्थमन्त्रीसँग नीजि वन र एकनाले बन्दुक

आर्थिक मामिला तथा योजनामन्त्री जीतप्रकाश आले तनहुँका हुन् । सम्पत्ति विवरणमा उनले ६ रोपनी १० आनामा फैलिएको निजी वन रहेको खुलाएका छन् । पैतृकरूपमा २०५४ सालमा आफूले यो वन पाएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

आलेसँग एकनाले १२ बोरको बन्दुक पनि छ । २०५४ भदौ ८ गते स्वआर्जनबाट ३३ हजारमा बन्दुक खरिद गरेको उनले खुलाएका छन् ।

भिमाद ६ का मन्त्री आलेको वडा नं. ५ मा २५ कित्तामा जग्गा छ । वडा नं. ६ मा उनको पुर्ख्यौली घर छ ।

सगोलमा वडा नं. ५ मा नै पाँच कित्तामा जग्गा छ । कामना सहकारीमा ३ लाख र कृषि विकास बैंकमा ३३ सय सेयर रहेको अर्थमन्त्री आलेले बताएका छन ।

पैतृक सम्पतिकै रूपमा २१ तोला सुन र २७ तोला चाँदी रहेको अर्थमन्त्री आलेले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री आलेले ३४ लाख ७० हजार रुपैयाँ बैंकबाट ऋण लिएको देखाएका छन् ।

वनमन्त्रीसँग दुईवटा भैँसी

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापासँग एक लाख ६० हजारमा किनेका दुईवटा भैँसी छन् ।

थापाको बागलुङ नगरपालिका–३ मा घरजग्गा छ । अंशबन्डा नभएको पैतृक सम्पतिका रूपमा बागलुङ– ११ मा ५ कित्तामा करिब ११ लाखमा व्यवसायबाट आएको रकमबाट खरिद गरेको थापाले उल्लेख गरेका छन् ।

थापाले कास्कीमा ५० लाख र ६० लाख रुपैयाँमा २ कित्ता जग्गा खरिद गरेका छन् । थापासँग १७ तोला सुन, २ केजी चाँदी छ । दुई लाख २५ हजार नगद मौज्दात देखाएका थापाले विभिन्न कम्पनीमा व्यापार नोकरीबाट १४ लाख ६६ हजार रुपैयाँ सेयर रहेको खुलाएका छन् । थापाले ३७ लाख रुपैयाँ ऋण लिएको देखाएका छन् ।

पिकअप गाडी ११ लाख ५० हजार र ४ लाख ५० हजार रुपैयाँमा रसियन बेलारुसी ट्याक्टर खरिद गरेको खुलाएका छन् ।

सामाजिक विकासमन्त्रीसँग छैन गरगहना

गण्डकीकी सामाजिक विकासमन्त्री सुशिला सिंखडासँग पतीको नाममा जुम्लामा सम्पत्ति छ । सुनचाँदीलगायत गरगहना केही नभएकी मन्त्री सिंखडाको ललितपुरको गोदावरीमा ६०४ वर्ग मिटर जग्गा छ । गोरखाकी सिंखडाले दाइ विष्णु सिंखडाको नाममा पुख्र्याैली जग्गा रहेको खुलाएकी छन् । नवलपुरको गैँडाकोटमा १५ लाख रुपैयाँमा खरिद गरेको ६ हजार ३९५ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेकी छन् ।

श्रीमान् जनकबहादुर बुढाको नाममा जुम्ला तातोपानी गाउँपालिका–२ मा पुर्ख्यौली सम्पत्ति छ ।

व्यापार व्यवसायबाट विभिन्न बैंकमा एक लाख ७० हजार मौज्दात रहेको सिंखडाले खुलाएकी छन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ६ लाख ७५ हजार रुपैयाँ ऋण दिएको विवरणमा उल्लेख छ । उनले १० लाख बराबरको विभिन्न कम्पनीको सेयर रहेको खुलाएकी छन् । सुनचाँदी आफूसँग नरहेको उल्लेख गरेकी सिंखडाले २६ हजारको मोबाइल र ७ हजारको घडी किनेको खुलाएकी छन् ।

कृषिमन्त्रीले देखाएनन् नगद

कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जीसीसँग ट्याक्टर छ । उक्त ट्याक्टर स्वार्जनबाट खरिद गरेको उनले खुलाएका छन् । नवलपुरमा १ रोपनी ७ आना १५ दाम जग्गा र साढे २ तलाको घर छ । नवलपुरमा नै १३ कित्तामा ५ हजार २१ दशमलव ५४ वर्गमिटरभन्दा धेरै पैतृक जग्गा रहेको जीसीले उल्लेख गरेका छन् ।

उनीसँग ४० तोला सुन र २० तोला चाँदी छ । त्यो पनि उनले पैतृक नै भएको बताएका छन् । जीसीको एउटा सहकारी र पाँचवटा बैंकमा नगद मौज्दात छ । तर, कति भन्ने उनले खुलाएका छैनन् ।

ऊर्जामन्त्रीको ९५ लाख रुपैयाँ ऋण

गण्डकी सरकारकी प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले स्याङ्जा वालिङ नगरपालिका–८ मा पुर्ख्यौली घरजग्गा देखाएकी छन् । वालिङ–८ मा परिवारका सदस्यहरूको नाममा २७ वटा कित्तामा जग्गा रहेको अर्यालले बताएकी छन् ।

अर्यालले २३ लाख नगद, २२ तोला सुन, ४० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । तलबभत्ता सापटी गरेर परिवारका नाममा तीन लाख ५७ हजार मौज्दात रहेको अर्यालले खुलाएकी छन् ।

अर्यालको नाममा एउटा स्कुटर र श्रीमानको नाममा एउटा मोटरसाइकल छ । अर्यालले ९५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेकी छन् । दुई लाख ८५ हजार बराबरको विभिन्न सहकारी, रेडियो, जलविद्युत् आयोजनामा सेयर रहेको अर्यालले बताएकी छन् ।

यातायातमन्त्रीसँग ट्याक्टर र स्काभेटर, ६० लाख ऋण

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आफूसँग ट्याक्टर र स्काभेटर रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।

जुग्जालीको म्याग्दी मालिका गाउँपालिकामा २ वटा घर छ । एउटा आफ्नै नाममा ११ आनामा बनेको एकतले ५ कोठाको पक्की पैतृक घर भएको बताएका छन् ।

मालिकामै आफ्नो नाममा १५ रोपनी जग्गा र बाबु खड्गबहादुर जुग्जालीको नाममा ३५ रोपनी जग्गा रहेको देखाएका छन् । मन्त्री जुग्जालीले आफूसँग सात तोला सुन रहेको देखाएका छन् । जसमध्ये ०७० सालमा ४ लाख ५० हजार रुपैयाँमा ५ तोल र ०७३ सालमा २ तोल सुन जोडेको बताएका छन् ।

गरिमा विकास बैंकमा व्यवसाय र तलबबाट ६ लाख ४० हजार र प्रभु बैंकमा ५० हजार व्यवसायबाट प्राप्त रकम जम्मा गरेको उल्लेख गरेका छन् ।

जुग्जालीले हाइड्रो एम्पाएर प्रालिमा २५ लाखको सेयर ऋणमा खरिद गरेका छन् । परिचय नेपाल सहकारीमा व्यवसायबाट प्राप्त चार लाख रुपैयाँ र मितेरी बचत तथा ऋण सहकारी संस्थामा एक लाख रुपैयाँको सेयर छ । उनको ६० लाख ऋण छ ।

मन्त्री जुग्जालीले आफूसँग एउटा ट्याक्टर र मोटरसाइकल भएको उल्लेख गरेका छन् । २०७५ सालमा २३ लाख रुपैयाँमा ट्याक्टर र ०७४ मा ३ लाख ७० हजार रुपैयाँमा मोटरसाइकल खरिद गरेका छन् ।

एकसय ५० वटा सुन्तलाको बोट र बाबु खड्ग जुग्जालीको नाममा रहेको उक्त सुन्तलाबारीबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी भइरहेको उनले खुलाएका छन् ।

९५ लाखको स्काभेटरमा मन्त्री जुग्जालीले २० लाख लगानी गरेका छन् । उनी ०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीको मालिका गाउँपालिका ६ को वडाध्यक्षमा निर्वााचित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय