site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
आईएनजीओले यस वर्ष २४ अर्ब ३४ करोडभन्दा बढी नेपालमा खर्च गर्दै, ७७ जिल्लामा कार्यक्रम 
Ghorahi CementGhorahi Cement

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले चालु आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा २४ अर्ब ३४ करोड ९८ लाख ११ हजार रुपैयाँ खर्च गर्ने भएका छन् । 

अर्थ मन्त्रालयका अनुसार २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा एक सयभन्दा बढी आईएनजीओहरूले उक्त रकम नेपालमा सञ्चालन हुने परियोजना तथा कार्यक्रममा खर्च गर्नेछन् । 

उक्त रकम नेपालमा खर्च गर्नेगरी आईएनजीओहरूले समाज कल्याण परिषद्बाट परियोजना तथा कार्यक्रम स्वीकृत गराइसकेका छन् । 

Agni Group

आईएनजीओहरूले चालु आर्थिक वर्षमा नेपालमा १६८ वटा परियोजना तथा कार्यक्रम सञ्चालन गर्ने अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव धनीराम शर्माले बताए । 

आईएनजीओहरूले एक वर्षदेखि पाँच वर्षसम्मको परियोजना तथा कार्यक्रमहरू स्वीकृत गराएका छन् । कुनै परियोजना तथा कार्यक्रम अघिल्ला वर्षदेखि नै सञ्चालनमा छन् भने केही यसै वर्षबाट सुरु हुँदै छन् । 

Global Ime bank

एक वर्षदेखि पाँच वर्षसम्मको लागि स्वीकृति भएका आईएनजीओहरूको परियोजना तथा कार्यक्रमको कुल बजेट ९८ अर्ब ३९ करोड २९ लाख ४४ हजार रुपैयाँ रहेको अर्थ मन्त्रालयले उपलब्ध गरेको विवरणमा उल्लेख छ । 

आईएनजीओहरूले सामाजिक न्याय, समुदायको सशक्तीकरणका लागि एकीकृत प्रयास, दुर्गम विकास, खाद्य सुरक्षा, जलवायु परिवर्तन, महिलाको स्वास्थ्य, शिक्षा, सुरक्षित आप्रवासनका क्षेत्रमा कार्यक्रम गर्नेछन् । 

त्यस्तै, प्रकोप जोखिम न्यूनीकरण, मानव बेचविखनविरुद्ध अभियान, खानेपानी, कृषि, पोषण, सामाजिक आर्थिक सशक्तीकरण लगायतका क्षेत्रमा उक्त रकम खर्च गर्नेगरी कार्यक्रम स्वीकृति गरेका छन् । 

अर्थ मन्त्रालयले उपलब्ध गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा सेभ द चिल्ड्रेन इन्टरनेसनलले चार अर्ब १२ करोड २८ लाख दुई हजार रुपैयाँ, वल्र्ड भिजन इन्टरनेसनलले एक अर्ब ६७ करोड १३ लाख दुई हजार रुपैयाँ, प्लान इन्टरनेसनलले एक अर्ब १४ करोड ४७ लाख ३० हजार रुपैयाँ र हेलेन केलर इन्टरनेसनलले एक अर्ब तीन करोड ३६ लाख १९ हजार रुपैयाँ नेपालमा खर्च गर्दै छन् । 

निक साइमन्स फाउण्डेसनले ७९ करोड ४७ लाख ५९ हजार रुपैयाँ, इन्टरनेसनल नेपाल फेलोसिपले ७३ करोड २८ लाख ६९ हजार रुपैयाँ, हेफर प्रोजेक्ट इन्टरनेसनलले ७१ करोड ३० लाख ७३ हजार रुपैयाँ, युनाइटेड मिसन टू नेपालले ५८ करोड ७२ लाख ४९ हजार रुपैयाँ र एक्सन एड इन्टरनेसनल नेपालले ४४ करोड चार लाख १७ हजार रुपैयाँ नेपालमा खर्च गर्नेगरी परियोजना तथा कार्यक्रम स्वीकृत भएका छन् । 

यस्तै, वन हर्ट वल्र्डवाइडले ४२ करोड ८० लाख ७८ हजार रुपैयाँ, वल्र्ड वाइल्डलाइफ फण्डले ३५ करोड २९ लाख ५० हजार रुपैयाँ, कतार च्यारिटीले ३५ करोड १९ लाख ७३ हजार रुपैयाँ, द लिप्रोसी मिसन इन्टरनेसनल नेपालले ३४ करोड ३३ लाख ३८ हजार रुपैयाँ, अक्फामले ३१ करोड ५९ लाख २५ हजार रुपैयाँ र वाटर एड नेपालले ३० करोड ६७ लाख ३१ हजार रुपैयाँका परियोजना तथा कार्यक्रम सञ्चालन गर्नेछन् । 

द अमेरिकन हिमालयन फाउण्डेसनले २९ करोड ८० लाख ९१ हजार रुपैयाँ, रुम टू रिडले २७ करोड ६२ लाख ८० हजार रुपैयाँ, एडीआरए २७ करोड ८२ लाख ६४ हजार रुपैयाँ, युनाइटेड वल्र्ड स्कुल नेपालले १४ करोड ३० लाख ४८ हजार रुपैयाँ र जुलोजिकल सोसाइटी अफ लण्डनले ११ करोड २३ लाख १२ हजार रुपैयाँका परियोजना तथा कार्यक्रम रहेको अर्थले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu