site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षक आन्दोलनको नारा– बालेनहरू होसियार ! (भिडियो)

काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरू अहिले सडक आन्दोलनमा छन् । सो विधेयकले शिक्षकलाई स्थानीय तहका जनप्रतिनिधिका ‘झोले’ बनाउने प्रयास गरेको उनीहरूको आरोप छ ।

आफूहरूका विभिन्न माग पूरा गराउन आन्दोलन गर्नुपरेको शिक्षकहरूले तर्क गरेका छन् । उनीहरूले सरोकारवालासँग छलफल नगरी ल्याइएको विधेयकमा दर्जनौँ कमजोरी रहेको बताएका छन् । त्यसलाई नसच्याएसम्म काम नगर्ने भन्दै विद्यालय नै बन्द गरेर बुधबारदेखि काठमाडौंकेन्द्रिति आन्दोलन थालेका हुन् ।

Argakhachi Cement Island Ad

आन्दोलन सुरु गरेकै दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए । बिहीबार शिक्षकहरूले बालेनविरुद्ध पनि नाराबाजी गरेका छन् ।

शिक्षकहरूले ‘बालेनहरू होसियार !’ भन्दै अधिकार क्षेत्रभन्दा बाहिर गएर सामाजिक सञ्जालमा ‘हिरो’ बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

“यो विधेयकले शिक्षहरूलाई स्थानीय तहको मातहत राखेको विरुद्ध हामी आन्दोलनमा छौँ,” पाल्पाबाट आएका एक शिक्षकले भने, “जसको अधिकार पनि छैन र अधिकार उपयोग गर्ने हैसियत पनि राख्दैन उसैले कारबाहीको चेतावनी दिने ?”

शिक्षकहरू संघीय सरकारको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयासमा रहेको भन्दै उनले पालिका प्रमुख वा वडाध्यक्षलाई धम्कीको भाषा प्रयोग नगर्न सुझाव दिए ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्