site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ब्युटिबोन फ्र्याक्चर’ हुँदा ललितको शल्यक्रिया, चार हप्ता मैदानबाट बाहिर रहने   
फाइल तस्बिर ।

काठमाडौं । एसियाली खेलकुदको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर ललितनारायण राजवंशी घाइते भएका छन् ।

नेपाली क्रिकेट टिमका डा. अभिषेकराज सिंहले चोटका कारण शल्यक्रिया गर्नुपर्ने भएपछि ललित कम्तीमा चार हप्ता मैदानबाट बाहिर रहने बताए । चोटका कारण एसियाली खेलकुद गुमाउने भएका उनले ट्वान्टी–२० विश्वकप छनोट खेल्ने सम्भावना पनि कमजोर बनेको छ ।

“उनको दायाँ क्लाभिकल बोन (ब्युटिबोन)मा चोट लागेको छ । हाल बीएन्डबी अस्पतालमा शल्यक्रिया भइरहेको छ,” डा. सिंहले बाह्रखरीसित भने, “चोटका कारण चार हप्ता मैदानबाट बाहिरिने भएकाले एसियाली खेलकुदमा ललित सहभागी हुन पाउँदैनन् । हामी ट्वान्टी–२० विश्वकप छनोटअघि नै उनलाई मैदान फर्काउने प्रयासमा छौँ ।”

कीर्तिपुरमा प्रशिक्षणका क्रममा ललितको काँधको हड्डीमा चोटका लागेको हो । सन् २०१८ मा नेपाली टिमबाट ‘डेब्यु’ गरेका ललितले २३ एकदिवसीय अन्तर्राष्ट्रिय र १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले एकदिवसीयमा २८ र ट्वान्टी–२० मा १० विकेट लिएका छन् ।

एसियाली खेलकुदमा पुरुष क्रिकेट यही सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म सञ्चालन हुने तालिका छ । नेपालले सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्ने तय छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro