site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनलाई हतियार नदिने पोल्यान्डको घोषणा
तस्बिर : एएफपी ।
SkywellSkywell

काठमाडौं । पोल्यान्डका प्रधानमन्त्री माटेउज मोराविकीले अब युक्रेनलाई हतियार नदिने घोषणा गरेका छन् । पोल्यान्डले आफ्नो आन्तरिक रक्षामा ध्यानकेन्द्रित गर्न युक्रेनलाई हतियार नदिने जनाएको हो ।

“हामी अब युक्रेनलाई हतियार पठाउँदैनौँ, किनकि हामी अब पोल्यान्डकै लागि आधुनिक हतियारको व्यवस्था गरिरहेका छौँ,” प्रधानमन्त्री मोराविकीले भनेका छन् ।

KFC Island Ad
NIC Asia

सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेयता पोल्यान्ड युक्रेनको कट्टर समर्थक बनेको थियो । किभको मुख्य हतियार आपूर्तिकर्तामध्ये पोल्यान्ड महत्त्वपूर्ण रहेको थियो ।

पोल्यान्डले लाखौँ युक्रेनी शरणार्थीलाई शरण दिएको छ ।

Royal Enfield Island Ad

पोल्यान्डले आफ्ना किसानको हितको रक्षा गर्न युक्रेनी अन्न आयातमा प्रतिबन्ध लगाएपछि दुई देशबीच तनाव सुरु भएको थियो । पछिल्ला दिनमा तनाव चर्किएसँगै पोल्यान्डले यस्तो घोषणा गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro