site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युरोपमा डरलाग्दो वायु प्रदूषण : ९८ प्रतिशतले वार्षिक चार लाखको ज्यान लिने हावामा सास फेर्छन्

काठमाडौं । युरोपमा सबैजसो नागरिक खतरनाक स्तरको वायु प्रदूषण भएको क्षेत्रमा बसोबास गरिरहेको पाइएको छ ।

युरोपका ९८ प्रतिशत मानिस विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डभन्दा बढी हानीकारक वायु प्रदुषण भएको क्षेत्रमा बसोबास गरिरहेको तथ्यांकले देखाएको हो ।

Dabur Nepal
NIC Asia

बेलायती पत्रिका दी गार्जियनले १४०० भन्दा बढी ग्राउन्ड मोनिटरिङ स्टेसनको तथ्यांक र स्याटेलाइट तस्बिरको डाटा विश्लेषण गर्दै वायु प्रदूषणको भयानक स्थिति सार्वजनिक गरेको जनाएको छ ।

युरोपमा झन्डै दुई तिहाइ मानिस वायुको गुणस्तर डब्लूएचओको मापदण्डभन्दा दोब्बर भएको ठाउँमा बसोबास गरिरहेको गार्जियनले उल्लेख गरेको छ ।

वायु प्रदूषणले सबैभन्दा बढी प्रभावित देश उत्तरी म्यासेडोनिया भएको विश्लेषण देखाएको छ । त्यहाँका दुई तिहाइ मानिस डब्ल्यूएचओको मापदण्डभन्दा चार गुणा बढी प्रदूषण भएको ठाउँमा बसिरहेको र राजधानी स्कोप्जेसहित चार ठाउँमा ६ गुणा बढी वायु प्रदूषण भएको तथ्यांकले देखाएको छ ।

पूर्वी यूरोपमा पश्चिमी युरोपभन्दा झनै डरलाग्दो वायु प्रदूषण रहेको देखिएको छ । गार्जियनले पर्टिकुलेट म्याटर (कण पदार्थ) पीएम२.५ को मापन गरेको जनाएको छ । खासगरी जिवाश्म इन्धन बाल्दा निस्कने यी साना कणहरू फोक्सो हुँदै रगतका माध्यमबाट शरीर भर फैलिएर सबै अंगलाई असर गर्छ ।

डब्ल्यूएचओले वर्षभरी औसतमा पीएम२.५ को मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्राम नाघ्न नहुने मापदण्ड तोकेको छ । तर, यस्तो ठाउँमा दुई प्रतिशत युरोपेली मात्रै बसोबास गरिरहेको नयाँ विश्लेषणले देखाएको हो ।

विज्ञहरूले युरोभरी पीएम२.५ का कारण वर्षभरी चार लाख जनाको मृत्यु हुने गरेको जनाएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro