देश
काठमाडौं । धादिङमा पछिल्लो दुई महिनायता स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ ।
साउन १ गतेयता भदौ ३१ सम्म १३४ जनामा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा ८० जना बिरामी देखिएकोे कार्यालयको तथ्यांक छ । स्क्रब टाइफसकै कारण जिल्लाको सिद्धलेक गाउँपालिकामा एकजनाको मृत्यु भइसकेको छ ।
धादिङमा भदौ दोस्रो सातायता दैनिक १२ जनासम्म स्क्रब टाइफसका बिरामी थपिँदै गएको कार्यालयको तथ्यांक छ ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८० १८:४८
प्रतिक्रिया दिनुहोस्