अर्थ व्यवसाय
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०८०/०८१ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
बुधबार एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो ।
गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहेको थियो । एडीबीले चालु आवमा मुद्रास्फीति दर (मूल्यवृद्धि) ६.२ प्रतिशत हुने जनाएको छ ।
गत आवमा मुद्रास्फीति ७.७ प्रतिशत रहेको थियो । सरकारले गत आर्थिक वर्षमा सात प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी मुद्रास्फीति पुगेको थियो ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८० १४:५७
प्रतिक्रिया दिनुहोस्