site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्राध्यापककी छोरी उत्तीर्ण गराउन उत्तरपुस्तिका साटेको आरोप : परीक्षा नियन्त्रकको गाडीमा आगजनी

विराटनगर । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका प्राध्यापकले उत्तरपुस्तिका साटफेर गरेको भन्दै विवाद भएको छ । प्राध्यापक राजन दत्तले उत्तरपुस्तिका साटफेर गरेको आरोप लगाइएको छ ।

स्नातक तहको पहिलो वर्षको परीक्षा दिएकी आफ्नी छोरीको उत्तरपुस्तिका उनले साटफेर गरेको विद्यार्थीको आरोप छ । विद्यार्थी सन्ध्या कायस्थको उत्तरपुस्तिका दत्तकी छोरी आस्थाको बनाइएको आरोप लगाइएको हो ।

परीक्षामा दत्तकी छोरी उत्तीर्ण भएकी छन् । दत्त सोही क्याम्पसमा अंग्रेजी विषयका प्राध्यापक हुन् ।

Dabur Nepal
NIC Asia

अंग्रेजी विषयको उत्तरपुस्तिका साटफेर गरिएका कारण सन्ध्या अनुत्तीर्ण भएको विद्यार्थी संगठनको आरोप छ । विवादपछि विद्यार्थीले बुधबार पार्किङ गरेर राखिएको बा१७च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा आगजनी गरेका छन् ।

m2-1695197392.jpg

नियमित उत्तीर्ण हुने विद्यार्थीको रिजल्ट नकारात्मक आएपछि क्याम्पस प्रशासनले पुनः परीक्षा लिएको तर नतिजा नआएकाले आफू तनावमा परेको सन्ध्याले बताइन् । उनले भनिन्, “फेरि ब्याक लागेको विषयको पनि दिऊँ, तर रिजल्ट आएको छैन ।”

आफूले थप गरेको चार पानाको विवरण मूलकापीमा समेत लेखेको तर त्यो च्यातिएको पाइएको उनको भनाइ छ । रिटोटलिङ गर्दा पहिलेकै प्राप्तांक देखिएको र उत्तरपुस्तिका हेर्न परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिँदा थप गरिएका पेज नरहेको पाएको उनले सुनाइन् । उनले भनिन्, “मेरो हराएको थप उत्तरपुस्तिका दत्तको कापीमा अट्याच्ड गरेको भन्नेमा म ढुक्क छु ।”

दोस्रो वर्षको परीक्षामा भने आफू उत्तीर्ण भएको उनले बताइन् ।

०७८ मंसिरमा पहिलो वर्षको परीक्षा भएको थियो । त्यसमा उनको सिम्बोल नम्बर ६०००३०८८८ थियो । उनले भनिन्, “मैले थप चार पाना उत्तरपुस्तिका मगाएर परीक्षा लेखेकी थिएँ ।” आफ्नो उत्तरपुस्तिका मूलकापीमा गार्डले नै समावेश नगरेको उनको आरोप छ ।

महेन्द्र मोरङ क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले यो विवाद कानुनी प्रक्रियामा गइसकेको बताए । अहिल्यै धेरै कुरा भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

“अनुसन्धानको क्षेत्रमा छ, अख्तियारमा पनि परेको छ । जाँचबुझ हुँदै छ । उत्तरपुस्तिका साटफेर गरेको आरोप पुष्टि हुँदैन । विद्यार्थीले शिक्षकको छोरीमा राखेको भन्ने पुष्टि भएको क्याम्पस प्रशासनको अनुसन्धानबाट पनि देखिएको छैन । आरोप त्यति नै हो । अनुसन्धान क्षेत्रमा छ,” उनले भने ।

‘ब्याक पेपर’ परीक्षा दिएकी सन्ध्याको रिजल्ट आउन बाँकी रहेको र त्यस विषयमा क्याम्पस प्रशासनले केही गर्न नसक्ने उनले बताए । उनले भने, “परीक्षाको नतिजा आउने विषय हाम्रो हातको कुरा होइन ।”

यसैबीच, महेन्द्र मोरङ क्याम्पस र परीक्षा नियन्त्रकलाई प्रवेश गर्न नदिने भन्दै विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका छन् । विभिन्न चार विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी समस्या समाधानमा चासो नदिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । विद्याथीं संगठनले क्याम्पस प्रमुख र परीक्षा नियन्त्रकलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

सन्ध्यालाई न्याय दिलाउन आफूहरूले माग गरे पनि वास्ता नगरेको भन्दै नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले क्याम्पस प्रमुखलाई कामकाज गर्न नदिने चेतावनीसहित विज्ञप्ति प्रकाशित गरेका हुन् । यसअघि पनि ती संगठनले क्याम्पस प्रमुख तिम्सिना र परीक्षा नियन्त्रक डिल्ली प्रसाइँलाई विद्यार्थीले उठाएको मागबारे गम्भीर भएर समस्या समाधान गर्न आग्रह गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro