site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखरले भने– तपाईंसँग थप छलफल गर्न म आउँदिनँ, देउवाले भने– म आफैँ आउँछु 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । पार्टीमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कांग्रेसको इतर समूहका नेता शेखर कोइरालाले आपत्ति जनाएका छन् । 

बुधबार बिहान ११ बजे देउवा निवास धुम्बाराही पुगेर शेखरले पार्टीमा भातृ संस्था गठनदेखि कुनै पनि विषय न्यायोचित ढंगबाट हुन नसकेको भन्दै आपत्ति जनाएका थिए । 

शेखरले मंगलबार समूहको बैठक बोलाएका थिए । बैठकको निर्णयअनुसार उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई लिएर उनी देउवा निवास पुगेका थिए । आधा दर्जन एजेन्डा बोकेर शेखरले देउवासँग आक्रोश पोखेको एक नेताले बाह्रखरीलाई जानकारी दिए । 

KFC Island Ad
NIC Asia

“विविध विषयमा शेखर दाइले राख्नुभयो । तर, देउवाले हुन्छ गर्छु, सल्लाहमै गरिरहेको छु । थप छलफल गर्छु भनिरहनु भयो,” ती नेताले भने, “अन्तिममा शेखर दाइले शेरबहादुरजी तपाईंसँग म कुरा गर्न आउँदिन । जति कुरा गरेपनि तपाईंले पालना गर्ने हैन । म केही पनि भन्न आउँदिन भन्नुभयो ।”

शेखरले भातृ संस्था गठन, पार्टी निर्वाचन समिति, पार्टीको विभाग गठन, प्रदेश सरकार बनाउँदा छलफल र सल्लाहमा नगरेको भन्दै आक्रोश पोखेका थिए । 

Royal Enfield Island Ad

“कुनै पनि कुरा न्यायोचित भएन एकलौटी गर्न थाल्नुभयो भनेपछि देउवाले होइन मैले सल्लाहमै गरेको छु भन्नुभयो,” ती नेताले भने, “शेखर दाइले अब आउँदिन भनेपछि देउवाले म आफैँ सल्लाह गर्न आउँछु तपाईंकोमा भन्नुभयो ।”

बैठकमा सरकारको विषयमा धेरै कुरा नउठे पनि सुशासनको विषयमा कांग्रेसले अपनत्व लिनेगरी के काम गर्न सकेको छ भन्ने प्रश्न शेखरले देउवासमक्ष राखेका थिए । 

साथै उनले कोसी प्रदेश सरकार गठनमा आफूलाई नसोधिएको, विधान संवत् बन्नुपर्ने समितिहरूमा पनि एकलौटी भएको भनेका थिए । 

तल्लो तहमा चुनाव हारेकाहरूलाई पार्टीको केन्द्रीय समिति सदस्य कुन मापदण्डमा बनाइयो भन्ने प्रश्न शेखरले बैठकमा राखेको ती नेताले जानकारी दिए । 

आधा घण्टासम्म सुनेर बसेका देउवाले सल्लाहमै गरेको छु, सल्लाह गर्छु बाहेक थप केही नभनेको ती नेताले बाह्रखरीलाई जानकारी दिए ।

भातृ तथा शुभेच्छुक संस्थाको तदर्थ समिति आएपनि पार्टीमा विवाद मिल्न सकेको छैन । विवादकै बीच संस्थापनले एकलौटी गरेको भन्दै इतर समूहले समानान्तर समिति बनाउन थालेको छ । केही जिल्लामा महिला संघ र नेविसंघको समानान्तर समिति गठन भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro