देश
काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन गर्ने भएको छ । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।
महासंघले आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।
महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।
महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।
शिक्षा विधेयकमा स्थानीय तहको विरोध
प्रकाशित मिति: बुधबार, असोज ३, २०८० ०६:१९
प्रतिक्रिया दिनुहोस्