
काठमाडौं । सामसङ नेपालले 'सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै' अफर ल्याएको छ । यस अन्तर्गत कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्दा हरेक दिन एक जना ग्राहकले उपहारस्वरूप दुई लाख ३३ हजार ९०० रुपैयाँ बराबरको टीभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार २५ दिनमा २५ जना विजेताले यो उपहार प्राप्त गर्ने छन् । योजना अन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जो कोही ग्राहक यो योजनामा सहभागी हुन सक्ने र शनिबारबाहेक हरेक दिन लक्की ड्रमार्फत एउटा टिभिएस एनटर्क १२५ सीसी जित्न सक्ने छन् ।
यो योजना २०८० असोज ५ गते सुरु भई २०८० कार्तिक ३ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।
यद्यपि, ग्राहकहरू असोज २ गतेदेखि नै यो योजनामा सहभागी हुन सक्ने छन् ।
सामसङ नेपालका तर्फबाट २५ वटा टीभीएस एनटर्क १२५सीसी जित्न यी प्रक्रिया भने पूरा गर्नुपर्ने छ ।
१. सामसङ स्मार्टफोन वा ट्याब्लेट खरीद गर्नुहोस्
२. नयाँ खरिद गरिएको उपकरणको सिरियल नम्बर प्राप्त गर्न *#06# डायल गर्ने ।
३. SAMSUNG<space> सिरियल नम्बर टाइप गरेर ३१००१ मा एसएमएस गर्नुहोस् । उदाहरणका लागि SAMSUNG XXXXXXXXXXX
४. इन्ट्रीको पुष्टि तुरुन्तै पाएर परिणामका लागि प्रतिक्षा गर्नुपर्ने छ ।
विजयी सिरियल नम्बरको घोषणा भोलिपल्ट सामसङको अफिसियल फेसबुक पेजमा पोस्ट गरिने कम्पनीले जनाएको छ ।