site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
एसियाली खेलकुद : पुरुष भलिबलमा बहराइनसँग नेपालको हार 
Ghorahi CementGhorahi Cement

काठमाडौं । चीनको होङझाउमा आजबाट सुरु भएको १९औँ एसियाली खेलकुदमा नेपाली पुरुष भलिबल टिमले बहराइनसँग ३–१ को सेटमा हार बेहोरेको छ । 

चाइना टेक्सटायल सिटी स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपालले पहिलो सेट जितेको थियो । तर, यसपछिका लगातार तीन सेट जित्दै बहराइनले खेल आफ्नो पक्षमा पारेको हो ।

Dabur nepal
Agni Group

नेपालले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तर, दोस्रो सेटमा पुनरागमन गर्दै बहराइनले २५–२० कै स्कोरमा जित्यो । तेस्रो सेट २५–१८ ले जितेको बहराइनले चौथो सेट २५–१५ को सहज स्कोरमा जित्यो ।

यो हारसँगै नेपालको नकआउट चरण प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ । समूह ‘बी’ मा रहेको नेपालले अब बुधबार भलिबलको ‘पावर हाउस’ इरानविरुद्ध खेल्ने छ । एसियन खेलकुदको उद्घाटन भदौ २३ गते हुने भए पनि आजबाट विभिन्न खेलमा प्रतिस्पर्धा सुरु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu