site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यू–१९ साफ च्याम्पियनसिप आयोजनाका लागि दुई करोड ७७ लाख बजेट
SkywellSkywell

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) नेपालमा बिहीबारदेखि सुरु हुने साफ यू–१९ च्याम्पियनसिपको आयोजनाका लागि दुई करोड ७७ लाख खर्च हुने जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलनमार्फत एन्फाले प्रतियोगिताको सबै तयारी पूरा भएको जनाउँदै च्याम्पियनसिपका लागि दुई करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ बजेट रहेको जनाएको हो ।  एन्फाका प्रवक्ता सुरेश शाहले प्रतियोगिता आयोजनामा लाग्ने सम्पूर्ण खर्च साफले नै दिने जानकारी दिए ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा दक्षिण एसियाको श्रीलंकाबाहेक ६ राष्ट्रको सहभागी हुने छ । सहभागी टिमलाई एक समूहमा तीन टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । घरेलु टिम नेपालसँगै पाकिस्तान र माल्दिभ्स समूह ‘ए’ मा छन् ।

साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान समूह ‘बी’ मा छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

प्रतियोगिताका लागि भुटान र बंगलादेश नेपाल आइसकेका छन् । प्रवक्ता शाहले सहभागी टिमहरू आउने क्रममा रहेको र उनीहरूलाई भद्रकालीस्थित नेपाली सेनाको मैदान र च्यासल रंगशालामा प्रशिक्षणको व्यवस्था मिलाएको बताए । एन्फाकाअनुसार पाकिस्तान बुधबार आइपुग्ने छ ।

यू–१९ च्याम्पियनसिपको यो पाँचौँ संस्करण हो । सन् २०१५ मा नेपालबाटै सुरु भएको यस च्याम्पियनसिपमा नेपाल र भारतले समान दुईपटक उपाधि जितेका छन् । नेपालले तेस्रोपटक साफ यू–१९ च्याम्पियनसिप आयोजना गर्न लागेको हो । २०१९ मा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतियोगिताका लागि टिकट दर भीआईपीतर्फ ३०० र साधारण प्यारापिटतर्फ १०० तोकिएको छ । प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोर्टस सेन्टरले प्राप्त गरेको छ ।

एउटा मात्र कम्पनीले टेन्डर भरेकाले १५ लाख रुपैयाँमा मार्केटिङ अधिकार प्रदान गरिएको एन्फाले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu