site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान कार्यान्वयनमा देखिएका त्रुटि तत्काल सच्याउनु पर्छ : संविधानविद् आचार्य
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संविधानविद् एवं पूर्वराजदूत निलाम्वर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटिलाई तत्काल सच्याउनुपर्ने बताएका छन् । आचार्यले नेपालको संविधान कार्यान्वयनमा बाटो बिराएको उल्लेख गर्दै संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा गर्नुपर्ने बेला आएको बताए ।

मंगलबार नेकपा (एमाले)ले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले सबैको भावनालाई समेटर संविधान कार्यान्वयनको पाटोलाई सही बाटोमा ल्याउन सक्ने क्षमता भएका सुवास नेम्वाङको निधनले ठूलो क्षति पु¥याएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सुवासचन्द्र नेम्वाङकै कारण दोस्रो संविधानसभाले नेपालको संविधान निर्माण गर्न सकेको दाबी गर्दै संविधानविद् आचार्यले नेम्वाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानुनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने बताए ।

नेम्वाङले अरुको दबाब, प्रभावको प्रवाह नगरी संविधान निर्माणमा योगदान गरेको स्मरण गर्दै आचार्यले नेम्वाङजस्तो देशले सम्मान गरेका नेताको भूमिका पाएको भन्दै एमालेलाई भाग्यमानी पार्टीको रुपमा चित्रण गरे ।

Global Ime bank

“अहिले संविधान कार्यान्वयनको संवैधानिक अभ्यासको समीक्षा गरेर कहाँकहाँ, के के अप्ठयारो प¥यो ? सच्याउनुपर्ने बेला भएको छ । हेर्नुपर्ने बेला भएको छ । मलाई लाग्छ– आठ वर्षको संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा हुनुपर्नेछ,” उनले भने, “त्यसमा सुवास नेम्वाङको अमूल्य योगदान हुन्थ्यो । सबैलाई जोड्न सक्नुहुन्थ्यो । सबैको भनाइलाई एकीकृत रुपमा एउटा निष्कर्षमा पु¥याउन सक्नहुन्थ्यो । त्यो व्यक्तिलाई चाहिँ हामीले गुमायौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement