site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
जसपा मोरङ अध्यक्षमाथि दुर्व्यवहार गर्ने नगर प्रहरी सेवाबाट हटाइए
Ghorahi CementGhorahi Cement

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गर्ने तीन नगर प्रहरीलाई विराटनगर महानगरपालिकाले सेवाबाट हटाएको छ ।

विराटनगरका मेयर नागेश कोइरालाले मंगलबार विज्ञप्ति प्रकाशित गरी नगर प्रहरीका हवल्दार रमेश निरौला, जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।

Dabur nepal
Agni Group

गएको बुधबार सडकमा राखिएको एउटा सिटी रिक्सामा नगर प्रहरीले ‘लक’ लगाएको विषयमा विवाद भएको थियो । त्यसक्रममा यादवमाथि दुर्व्यवहार गरिएको जनाइएको छ ।

यादवले ‘माफी मगाएर अर्कोपटकदेखि गल्ती नगर्ने सर्त गराई लक खोलिदिन’ आग्रह गर्दा विवाद भएको थियो । नगर प्रहरीको समूहले कठालोमा समाएर यादवलाई वडा प्रहरी कार्यालयमा पुर्‍याइएको थियो ।

घटनाको विरोधमा जसपासम्बद्ध विद्यार्थी र युवा संगठनले महानगरविरुद्ध आन्दोलन थालेका थिए । महानगर घेराउ र कोणसभा गरिएपछि मेयर कोइरालाको पहलमा दुवै पक्षबीच वार्ता भएको थियो । वार्तामा भएको निर्णय कार्यान्वयन गर्दै महानगरले ती प्रहरीलाई जिम्मेवारीबाट हटाएको विज्ञप्तिमा जनाइएको छ ।

दुर्व्यवहार गर्ने प्रहरीलाई जिम्मेवारीबाट हटाउने र त्यसको जानकारी सार्वजनिक रूपमा गराउन विज्ञप्ति प्रकाशन गर्ने सहमति भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu