site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मापसेपछि विवाद गर्नेमाथि एसिड प्रहार, दुईजना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धादिङमा मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि मंगलबार बिहान एसिड प्रहार गरिएको छ । 

गजुरी गाउँपालिका–२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । 

मापसे सेवन गरी उनको पसलमा पुगेका व्यक्तिले विवाद गरेका थिए । प्रहरीका अनुसार सोही क्रममा उनले आफ्नै पसलमा रहेको एसिड निकालेर छ्यापेका थिए । 

एसिड प्रहारबाट धादिङकै बेनीघाट रोराङ गाउँपालिका–३ का १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका छन् । एसिड प्रहार गर्ने विक बेनीघाट रोराङ–३ कै स्थानीयवासी हुन् । 

घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

दिपेशको शरीरका विभिन्न भाग तथा डम्बरको अनुहार र शरीरमा एसिड प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro