site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शरद् ऋतुमा मनास्लु हिमालबाटै उठ्यो झन्डै साढे तीन करोड रोयल्टी
तस्बिर : बेस क्याम्प एक्सकर्सन ।

काठमाडौं । शरद् ऋतुमा मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै आरोहीले अनुमति लिएका छन् । नेपाल पर्यटन विभागका अनुसार भदौ २९ गते (सेप्टेम्बर १५ तारिख)सम्म ३०१ आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । जबकि, यस ऋतुका लागि विभिन्न ४७ देशबाट कुल ३३९ आरोहीले अमुमति लिएका छन् । 

भदौ २९ गतेसम्म शरद् ऋतुका लागि हिमाल चढ्ने आरोहीबाट कुल तीन करोड ६४ लाख ९९ हजार ५७७ रुपैयाँ रोयल्टी संकलन भएको छ । यसमध्ये मनास्लु हिमाबाट मात्र तीन करोड ४० लाख ३७ हजार ८२० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

हिमाल आरोहणका लागि पर्यटन विभागले अनुमति दिन्छ ।

धौलागिरीबाट ११ लाख ९२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको छ । मकालु एकबाट चार लाख ७६ हजार १०० रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । 

कुम्भकर्णबाट एक लाख ९८ हजार र पथा हिमचुलीबाट एक लाख १२५ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

विभागका अनुसार अन्नपुर्णबाट एक लाख ५८ हजार ९४०, रक्षा उराईबाट एक लाख पाँच हजार ६८० रुपैयाँ, हिमलुङ हिमाल, नेम्जुङबाट ६६ हजार ३७५ रुपैयाँ र थापा पिकबाट ३३ हजार ११२ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro