site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपालमै ‘पहिलोपटक’ हाइड्रोजनबाट खाना पकाउने सफल परीक्षण

काठमाडौं । नेपालमै ‘पहिलोपटक’ हाइड्रोजनबाट खाना पकाउने सफल परीक्षण गरिएको छ । विश्वभर स्वच्छ ऊर्जाका रूपमा हाइड्रोजनको प्रयोग र विकास हुँदै गर्दा नेपालमा पनि त्यसबाट खाना पकाउने परीक्षण गरिएको हो ।

काठमाडौं विश्वविद्यालयको ‘ग्रीन हाइड्रोजन ल्याब ०२१८’ प्रयोगशालामा नेपालमै उत्पादित हाइड्रोजन इन्धनबाट खाना पकाउने सफल परीक्षण गरिएको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

नेपाल इनर्जी फाउन्डेसन, लुसर्न स्कुल अफ इन्जिनियरिङ एन्ड आर्किटेक्चर स्वीट्जरल्यान्ड र इनोभेटिभ यूके प्रोग्रामअन्तर्गतको इनर्जी क्याटलिस्ट प्रोजेक्टको आर्थिक सहायतामा सो परीक्षण गरिएको थियो ।

काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले हाइड्रोजनबाट खाना पकाउने यो सम्भवतः नेपालमै पहिलोपटक सफल परीक्षण भएको बताए ।

हाइड्रोजनलाई इन्धनका रूपमा प्रयोग गर्न सकिने स्वीट्जरल्यान्डबाट ल्याइएको चुलोमा खाना पकाइएको उनले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro