site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नीर शाहको टिप्पणी– अवार्ड कार्यक्रममा सहभागी सबैका हातमा अवार्ड 

काठमाडौं । अभिनेता नीर शाहले अवार्डको औचित्य र गरिमामाथि प्रश्न उठाएका छन् । जाथाभावी बिनामापदण्ड दिइने सिने अवार्डले आफ्नै मर्यादा घटाइरहेको उनको भनाइ छ ।

“केही समयअगाडि एउटा अवार्डको कार्यक्रम थियो, त्यो अवार्ड कार्यक्रममा म पनि थिएँ,” केही समयअघि अभिनेता खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’को विमोचन कार्यक्रममा शाहले भने, “अवार्ड वितरण गर्ने अतिथिमा म पनि थिएँ, वितरणको कार्यक्रम सकेर ड्यासमा बसेर हेर्दा हलमा बस्ने सबैका हातमा कम्तीममा एक/एकवटा अवार्ड थिए ।”

Dabur Nepal
NIC Asia

काम र सिनेमाको मूल्यांकनभन्दा पनि अवार्ड बाँडीचुँडी लिने संस्कार बढ्दै गएकामा उनले असन्तुष्टि जनाए । “कुन प्रयोजनका लागि यस्तो हुन्छ त्यो सबैलाई थाहै छ, मैले बोलिरहनु पर्दैन,” उनले भने ।

नेपाली सिनेमाको मेकिङ अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिएका थिए । निश्चल बस्नेत, खगेन्द्र लामिछाने, दीपेन्द्र के खनाललगायत नयाँ पुस्ताले अबको नेपाली चलचित्र उद्योगको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro