site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखराका लागि यतीको रात्रि उडान सुरु

काठमाडौं । यती एयरलाइन्सले पोखराबाट रात्रिकालीन उडान (आईएफआर उडान) सुरु गरेको छ । एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो आइतबारदेखि उडान सुरु गरेको हो ।

एयरलाइन्सले आइतबार रातिदेखि लागु हुने गरेर नयाँ उडान तालिका समेत मिलाएको प्रवक्ता सुर्दशन बर्ताैलाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

यतीले रात्रिकालीन उडानको लागि काठमाडौंबाट साँझ ५ः३० बजे उडान नम्बर एनवाईटी ६८३ र पोखरा बाट साँझ ६ः२० बजे उडान नम्बर एनवाईटी ६८४ मार्फत तालिका मिलाएको प्रवक्ता बर्तौलाले जानकारी दिए ।

साथै, आईएफआर उडान हुँदा साँझको समयमा उडान रद्द हुने समस्या समाधान हुने समेत उनले जानकारी दिए ।

“हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको मागअनुसार हालको समयभन्दा पछाडि उडान संख्या थप हुँदै जानेछ,” प्रवक्ता बर्ताैलाले भने, “आईएफआर उडान सुरु नहुँदा कहिलेकाहीँ ढिला हुँदा साँझका उडान रद्द हुने गरेकोमा अब त्यो समस्या समेत हट्छ ।”

हाल यतीले पोखरा–काठमाडौं दैनिक ६ वटा उडान गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्