site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा संकल्प प्रस्ताव दर्ता भएको छ ।

आइतबार संघीय संसद्अन्तर्गत राष्ट्रियसभामा उक्त संकल्प प्रस्ताव दर्ता भएको हो । राष्ट्रियसभा सदस्य प्रकाश पन्थले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

संकल्प प्रस्तावमार्फत उनले प्रतिनिधिसभा तथा प्रदेशसभालगायत राज्यका विभिन्न निकायमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वको सुनिश्चितताका लागि कानुन बनाएरै कोटा व्यवस्थापनको माग गरेका छन् ।

यस्तै, अपाङ्गता भएका व्यक्तिको अधिकार प्रचलन गराउन सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनको माग पनि गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र रूचिअनुसारको आयआर्जनको व्यवसाय गर्न आर्थिक सहयोग र बिनाधितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन पनि माग गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro