site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वाणिज्य बैंकहरूले सार्वजनिक गरे असोजको ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले आउँदो असोज १ गतेदेखि लागु हुने ब्याजदर सार्वजनिक गरेका छन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये केहीले हाल दिँदै आएको ब्याजदरभन्दा घटाएका छन् । चार बैंकले स्थिर राखेका छन् । केही बैंकले ब्याजदर बढाएका छन् ।

ब्याजदर स्थिर राख्नेमा प्रभु, माछापुच्छ्रे, सिद्धार्थ र एनएमबि बैंक छन् । यी बैंकले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने भएका हुन् । यसअघि पनि यी बैंकको ब्याजदर यति नै थियो ।

ब्याजदर घटाउनेमा नेपाल बैंक, सानिमा, सिटिजन्स बैंक, कुमारी, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । यी बैंकले ०.४० प्रतिशतदेखि १.६० प्रतिशत विन्दुसम्म ब्याज घटाएका छन् ।

adfmg-1694931149.jpg

 

ब्याजदर बढाउनेमा हिमालयन, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा, कृषि विकास बैंक, प्राइम कमर्सियल, नबिल, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंक रहेका छन् । यी बैंकले ०.०१ प्रतिशतदेखि १.०६ प्रतिशतसम्म ब्याजदर बढाएका छन् ।

मुद्दती निक्षेपमा ब्याजदर बढाएका बैैंकबाट प्रवाह कर्जाको ब्याजदर पनि महँगो हुने गर्छ । निक्षेपमा ब्याजदर बढाइँदा बैंकहरूमा पैसा तान्ने प्रतिस्पर्धा चल्नेछ ।

सस्तोमा निक्षेप संकलन गर्नेले सस्तोमा नै कर्जा लगानी गर्ने गर्छन् । निक्षेपको ब्याजदर बढाइँदा ‘मनि फ्इट’ हुने क्रम भने रोकिन सक्छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro