site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाढी र जमिन कटान रोक्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री चौधरी
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङमा बाढी र जमिन कटान रोक्न बबईको करिडोर र देउखुरीमा राप्ती करिडोर निमार्णलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

जिल्ला समन्वय समिति दाङको सातौँ जिल्लासभामा उनले आर्थिक र भौतिक क्षेत्रको विकास हुन नसक्दा अरु विकास भएर मात्र नहुने बताए । उनले भने, “प्रदेश सरकार आर्थिक विकास तथा रोजगारीका लागि काम गर्ने तयारीमा छ । स्थानीय तहहरूले रोजगारी सृजना गर्ने खालका योजना ल्याएर काम गर्न चाहे प्रदेश सरकार सहयोग गर्न तयार छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अहिले धेरै युवाहरू रोजगारको लागि विदेश जाने लहर चलेको छ भन्दै मुख्यमन्त्री चौधरीले स्थानीय स्तरमा रोजगार दिएर यसलाई रोक्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, “भौतिक विकासका लागि धेरै माग रहेको छ । प्रदेश सरकारसँग बजेट सीमित रहेकाले सबैको माग सम्बोधन गर्न सकिएको छैन ।” भौतिक विकासले मात्र देशको विकास नहुने भन्दै नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउन आवश्यक रहेको उनले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement