राजनीति
काठमाडौं । सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायी रूपमा समाधानको पहल लिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले समस्या समाधान गर्न अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ ।
बैठक पश्चात् जानकारी दिँदै सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले न्यायिक आयोग गठन गर्ने निर्णय भएको जानकारी दिइन् ।
यस्तै, बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० १८:३३
प्रतिक्रिया दिनुहोस्