site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोमानियामाथि जातीयवादी व्यवहारसहित पाँचवटा अपराध गरेको आरोप

काठमाडौं । कोसोभोसँगको खेलपछि युरोपेली फुटबल महासंघ (यूईएफए)ले रोमानियामाथि जातीयवादी व्यवहारसहित पाँचवटा अपराध गरेको आरोप लगाएको छ ।

युरो–२०२४ को छनोटअन्तर्गत मंगलबार बचरेस्टमा सम्पन्न खेलमा घरेलु टिमका समर्थकले उत्तेजक नारा लगाएपछि खेल ५० मिनेटसम्म रोकिएको थियो । 

रोमानियाका केही समर्थकले ‘सर्विया–सर्विया’ को नारा लगाएका थिए । केहीले भने ‘कोसोभो सर्विया हो’ लेखेको ब्यानरसमेत प्रदर्शन गरेका थिए । 

यस घटनाका कारण यूईएफएले रोमानिया फुटबल संघमाथि ‘आक्रामक प्रकृतिमा उत्तेजित सन्देश’ देखाएको जिम्मेवार ठहर्‍याएको छ । 

कोसोभोले सर्ब र मुख्यतया अल्बेनियाली बासिन्दाहरू बीचको तनावपूर्ण अवस्थापछि सन् २००८ को फेब्रुअरी सर्बियाबाट एकपक्षीय रूपमा स्वतन्त्रताको घोषणा गरेको थियो । 

कोसोभोको स्वतन्त्रतालाई विश्वभरका करिब १०० देशले मान्यता दिएका छन् । जसमा बेलायत पनि समावेश छ । तर, रोमानियाले भने कोसोभोको स्वतन्त्रतालाई मान्यता दिएको छैन ।

यूईएफएले रोमानियाको फुटबल महासंघमाथि कोसोभोविरुद्धको खेलमा प्रशंसकहरूले विभिन्न वस्तुहरू फ्याकेको, आतिशबाजी प्रहार गरेको र सार्वजनिक बाटोहरू अवरुद्ध गरेको आरोप लगाएको छ । उक्त खेलमा रोमानियाले कोसोभोलाई २–० ले हराएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro