site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चीन भ्रमणमा कोभिडले बन्द भएका नाका खोल्ने समझदारी हुनेछ : प्रधानमन्त्री (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकाको न्युयोर्क र चीन भ्रमणको समयावधि छोटो भएकाले न्युयोर्कबाट सिधै चीन जान लागेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले न्युयोर्क र चीन भ्रमणबारे जानकारी दिँदै त्यस्ते बताएका हुन् । 

उनले आफ्नो भ्रमणले चीनसँगको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । 

“प्रधानमन्त्रीको हैसियतमा मेरो यो तेस्रो चीन भ्रमण हुनेछ । यस भ्रमणले नेपाल चीनबीच विद्यमान आपसी सम्बन्ध थप प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु”, उनले भने । 

भ्रमणलाई जनताको हितमा सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाए । 

“यस भ्रमणलाई नेपाल एवं नेपाली जनताको हित एवं चीन सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्न प्रयास गर्ने कुरा सम्मानित सदनलाई अवगत गराउन चाहन्छु,” उनले भने । 

पुर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका विविध क्षेत्रमा चीनको सहयोबारे छलफल हुने बताए । उनले कोभिडले रोकिएका नाका खोल्ने समझदारी गर्ने सुनाए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro