site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई कर्मचारीको एसएमएस : ‘नासुका आँसु’ देख्नु भएन ?

काठमाडौं । सरकारले संघीय निजामती सेवा ऐन संसद्‌मा दर्ता गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरूले प्रधानमन्त्रीलाई एसएमएस गरेर माग स्मरण गराएका छन् ।

शुक्रबार देशभरका कर्मचारीले प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मुख्य सचिव लगायतलाई एसएमएस गरी आफ्ना माग पुन: स्मरण गराएका हुन् ।

कर्मचारीहरूले ‘नासुका आँसु’ देख्नु भएन ? भन्दै एसएमएस गरेका छन् । 

राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको पहलमा देशभरबाट कर्मचारीले विभिन्न माग राखी एसएमएस गरिरहेको कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले जानकारी दिए ।

आफ्ना माग पूरा नभए आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाँध्य हुनेसमेत उनीहरूले जनाएका छन् ।

यस्तो छ एसएमएसको विवरण 
सम्माननीय प्रधानमन्त्रीज्यू !
‘नासुका आँसु’ देख्नु भएन ?

१. निजामती सेवा अधिकृतमुखी बनाउँदै पाँच वर्ष सेवा अवधि भएकालाई एक तह र १० वर्ष सेवा अवधि भएकालाई दुई तह वृद्धिसहित तिनै तहमा तहगत प्रणाली लागु गरियोस्, 

२. अधिकृत तहको सेवा प्रवेश विन्दु छैटौँ तहलाई कायम गरियोस्, 

३. छैटौँ अधिकृत तहको पदपूर्तिमा :
५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा, १० प्रतिशत  आन्तरिक/अन्तर तह प्रतिस्पर्धाको व्यवस्था होस्, 

४. चौथो तहको पदपूर्तिमा ७० प्रतिशत खुल्ला, २० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था होस् अन्य पदमा हालको व्यवस्था यथावत् कायम गरियोस्,

५. तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई एघारौँ र नवौँ तहको खुल्ला प्रतिस्पर्धामा सहभागी हुन नरोकियोस्,

६. एकपटकलाई समायोजनको पुनरावलोकन व्यवस्थासहित प्रदेश र स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवाको व्यवस्था गरियोस्,

७. सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाइयोस् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro