site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दीपक–दीपाको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा   

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा आएको हो ।  

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र हास्य कलाकार हरिवंश आचार्यले आज बिहान हल उद्घाटन गरेका हुन् । हलको उद्घाटनपछि उनीहरूले आईएनआई सिनेमा हलले चलचित्र क्षेत्रको श्रीवृद्धिमा थप योगदान पुर्‍याउने बताए । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले नेपाली सिनेमा उद्योगमा ठूलो योगदान पुर्‍याएको भन्दै हल सञ्चालनसँगै थप महत्वपूर्ण योगदान खेल्ने विश्वास लिएको उनीहरूले बताए । 

Dabur Nepal
NIC Asia

123-1694756143.jpg

हलमा आजबाट प्रदर्शनमा आएका सिनेमा ‘नाङ्गो गाउँ’ र ‘एक भगवत र एक गीत’ तथा ‘जवान’ र ‘दि नुन–२’ प्रदर्शन हुने छन् । 

हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गरेको छ ।   

दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र क्षेत्रबाट कमाएको केही पैसा यही क्षेत्रमा लगानी गर्ने सोचका कारण सिनेमा हल बनेको बताएका छन् । हलमा १० करोड रुपैयाँ लगानी रहेको छ । हलबाट ५० प्रतिशत सेयर निर्मातालाई दिने दीपकले बताए । चलिरहेको नेपाली सिनेमा आफूले ननिकाल्ने पनि उनले बताए । 

नयाँबानेश्वर–शंखमुल रोडमा निर्माण भएको सिनेमा हल महलको माथिल्लो दुई तलामाथि निर्माण गरिएको छ । 

दुईवटा स्क्रिन रहेको सिनेमा हलमा ३८७ सिट रहेका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिमको कम्पनीको लगानी रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro