site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेम्वाङले ओलीलाई 'भनेका' थिए– संविधान जारी गर्न रोकिए देश नै सकिन्छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङले संविधान निर्माणका क्रममा खेलेको भूमिका स्मरण गरेका छन् । 

भदौ २६ गते बिहान हृदयघातका कारण निधन भएका नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Dabur Nepal
NIC Asia

नेम्वाङलाई अन्तिम बिदाइ गरेर फर्किएपछि आफूले आठ वर्षअगाडि संविधान निर्माणका क्रममा उनले खेलेको भूमिकालाई स्मरण गरेको ओलीले बताएका छन् । चौतर्फी दबाबका बीचले नेम्वाङले संविधान जारी गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको ओलीको भनाइ छ ।

ओलीले भारतीय विदेश सचिव नेपाल आएर फर्केपछि नेम्वाङले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अत्तालिँदै आफूलाई भेट्न आएको स्मरण गरेका छन् । "उहाँले अलि हड्बडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, ३ गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै बर्बाद हुने छ । यस्तो भयो भने त देश नै सकिन्छ ।’," ओलीले भनेका छन् ।

सामाजिक सञ्जालमा ओलीले लेखेका छन्– प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठिन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौँ । अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो । विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समूहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए । नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा रहन नदिने एउटा प्रहार खेपिरहेका थियौँ ।  संविधानसभाका सधैँ शान्तरूपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडारूपमा प्रस्तुत हुनुभएको थियो । दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दबाब थियो । भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आउनुभयो । उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, ३ गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै बर्बाद हुने छ । यस्तो भयो भने त देश नै सकिन्छ ।’

उहाँ असोज ३ गते संविधान जारी गर्न संसद्‌मा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ । ‘नआउन पनि सक्ने देखेँ, के गर्ने होला ?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनुभएको रहेछ । उहाँलाई मैले तपाईं ३ गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ ।

हुन पनि संविधान जारी भएपछि नाकबन्दी भयो । हामीले नाकाबन्दीको त्यो अप्ठेरो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro