site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एलजीको ‘शुभसाइत दसैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’ अभियान सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ अभियान ‘शुभसाइत दसैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ । यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्ने बताइएको छ ।

योजनाअन्तर्गत एलजीको लागि नेपालको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट तथा अन्य उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यास ब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ग्राहकले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिनालागत ईएमआई प्राप्त गर्न सक्छन् र एक्सचेन्ज अफरको मजा लिन पनि सक्छन् । ग्राहकले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्ता होटलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

एलजी साइड बाई साइड र फ्रेन्च ढोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन÷एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो, एलजी डबल डोरको खरिदमा फ्यान, कुलर र उपहार बक्स, सिंगल डोर फ्रिजमा क्यास ब्याक, माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट र एलजी फ्रन्ट लोड वासिङ मेसिन (१० किलो र माथि)को खरिदमा इन्डक्सन कुकर ग्राहकले पाउने छन् ।

Global Ime bank

नौ किलोसम्मको एलजी वासर र वासर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर, टप लोड  ट्विन टबको खरिदमा चार लिटर एरियल म्याटिक लिक्कविड, एलजी डिसवासरको खरिदमा डिसवासर किट, एलजी भ्याकुम क्लिनरको खरिदमा चपर र एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्रायर पनि यस योजनाअन्तर्गत ग्राहकले पाउन सक्छन् ।

साथै, यस अवधिभित्र एलजीको टीभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ । नयाँवर्षको अफरले एलजी स्प्लिट रेसिडेन्सियल, फ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गर्दछ ।

यो अभियान भदौ २५ देखि नेपालभर सीमित अवधिको लागि लागु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !