site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् टाटाको टियागो ईभीका २२ देखि २८ लाख पर्ने पाँच भेरियन्ट
Tiktok banner adTiktok banner ad

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित गाडी टाटा टियागो ईभी र टाटा पञ्च नेपाली बजारमा सार्वजनिक गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो सोमा कम्पनीले यी प्रोडक्ट सार्वजनिक गरेको हो । पाँच भेरियन्टमा रहेको टियागो ईभीको एमआर एक्सईको मूल्य २१ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

यस्तै एमआर एक्सटीको मूल्य २२ लाख ९९ हजार छ भने, एलआर एक्स्टीको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ । एलआर एक्सजेडप्लसको मूल्य २६ लाख ९९ हजार र एलआर एक्सजेड टेकको मूल्य २७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अत्याधुनिक जीपट्रन प्रविधियुक्त टियागो ईभीमा पाँचवटा मुख्य विशेषता रहेका छन् । जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायी रहेका छन् ।

क्रुज कन्ट्रोलसहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू रहेका छन् ।

यस्तै, अर्को गाडी नेक्सन ईभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३  किलोमिटर रहेको छ । टियागो ईभी जस्ता अत्याधुनिक जीपट्रन प्रविधि भएको यस एसयूभीको बनावट आकर्षक रहेको छ ।

आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोललगायत अन्य विशेषताहररू भएको नेक्सन ईभी एक्स जेट प्लसले अन्यभन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । 

सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरू छन् ।  नेक्सन ईभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तै टाटाको आईसीई ईभी 'न्यू फरेभ' रेञ्ज अन्तर्गतको टाटा पन्चका चार भेरियन्ट रहेको छ ।

जसमा पञ्च प्युरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पञ्च एडभेञ्चर एमटीको मूल्य ३७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

पञ्च अक्कोम्पलिस्ड एमटीको मूल्य ४० लाख ४९ हजार छ भने, पञ्च क्रिएटिभ एमटीको मूल्य ४३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

गाडीमा डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेको कम्पनीको दाबी छ ।

नयाँ युग सुहाउँदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरूको बदलिदो इच्छा एवं आकांक्षाहररूको परिपूर्ति गर्ने कम्पनीको दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro