site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीय सरकारविरुद्ध मुद्दा हाल्ने तयारीमा वाग्मती प्रदेश

काठमाडौं । वाग्मती प्रदेश सरकारले आफ्नो अधिकार हस्तक्षेप गरेको भन्दै संघीय सरकारविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतमा श्रम, रोजगार तथा यातायात मन्त्रालय वाग्मती प्रदेशको तर्फबाट रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो । 

सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ को दफा १२ को (१) विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

“संघीय राजधानी सहरी क्षेत्रको सार्वजनिक यातायात सेवालाई नियमन तथा व्यवस्थापन गर्न संघीय सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गरिनेछ भन्ने व्यवस्था रहेकोले सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासमा नेपालको संविधानसँग बाझिएको ऐन बदर गर्ने माग दाबीसहित वाग्मती प्रदेश सरकारको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयले रिट निवेदन दर्ता गर्ने,” श्रेष्ठले भने । 

यस्ता छन् निर्णय

१. प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान ।

२. नेपालको संविधान अनुसूची ६ मा प्रदेशको एकल अधिकार सूचीमा सवारी साधन कर, यातायात र प्रदेश लोकमार्ग उल्लेखित छ । प्रदेशको उल्लेखित एकल अधिकारमा संकुचन आउनेगरी संघीय संसद्‌बाट `सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९´ पारित भई मिति २०७९/६/९ मा नेपाल राजपत्रमा प्रकाशित भएको छ । उक्त ऐनको दफा १२ को उपदफा (१) मा `दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि संघीय राजधानी सहरी क्षेत्रको सार्वजनिक यातायात सेवालाई नियमन तथा व्यवस्थापन गर्न संघीय सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गरिनेछ´ भन्ने व्यवस्था रहेकोले सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासमा नेपालको संविधानसँग बाँझिएको ऐन बदर गर्ने माग दाबीसहित वाग्मती प्रदेश सरकारको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयले रिट निवेदन दर्ता गर्ने ।

३. प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखा कालिञ्चोक गापाका डा. प्रदीपकुमार मैनालीलाई नियुक्ति गर्ने ।

४. प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ को उपदफा (१) बमोजिम बागमती प्रदेशसभाको सचिवालय सचिव पदमा पूर्णबहादुर दर्जी, अधिकृतस्तर ११औँ तह लाई सरुवा गर्ने ।

५. पूर्वसभामुख, संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य मा. सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण असमायिक निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जलीसहित परिवाजनप्रति गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro