प्रविधि
काठमाडौं । भदौ २६ गतेदेखि सुरु भएको ‘नाडा अटो सो’मा निसानले आफ्ना विभिन्न गाडी बिक्रीमा राखेको छ ।
सोमा निसानले आफ्नो विद्युतीय गाडी (ईभी) ‘निसान लिफ’ ईभी बिक्रीमा राखेको छ ।
यस्तै, निसानको ‘नाभारा प्रो फोर एक्स’ गाडी लाइफस्टाइल एडिसनका साथ बिक्रीमा राखेको छ । ‘निसान म्याग्नाइट एएमटी ईजेड–सिफ्ट’ पनि निसानले अटो सोमा प्रदर्शनी र बिक्रीमा राखेको छ ।
निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाले यी इनोभेटिभ प्रोडक्सनहरूले विशेष ड्राइभिङ अनुभव प्रदान गर्ने बताएका छन् ।
निसानले चाँडै ‘एक्स–ट्रेल ई–पावर’ पनि सार्वजनिक गर्ने बताएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १५:३५
प्रतिक्रिया दिनुहोस्