site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शेखरको प्रश्न : सभापति र महामन्त्रीहरु दुई ध्रुवमा भएपछि पार्टी कसरी चल्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुई ध्रुवमा बाडिएको बताएका छन् ।

बीपी युथ सर्कलले बुधबार काभ्रेको धुलिखेलमा आयोजना गरेको युवाहरूको विचार सम्मेलन कार्यक्रममा बोल्दै उनले सभापति र महामन्त्री दुई ध्रुवमा बाडिदा पार्टी कसरी चल्छ भन्दै प्रश्न गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“सभापति र दुईजना महामन्त्री दुई ध्रुवमा बाडिनुभएको छ । अनि पार्टी चल्छ कसरी ? यो सोचेका छौँ ?,” उनले भने ।

बीपी कोइरालाको समयमा पार्टी सभापति सिस्टममा चल्ने गरेको भन्दै नेता कोइरालाले सभापति प्रणाली हो भने पार्टी त्यसरी नै चल्नुपर्ने र बहुपदीय सिस्टममा पार्टी चल्ने भए त्यसरी नै चल्नुपर्ने बताए । अहिले पार्टीभित्र सभापति र महामन्त्री दुई ध्रुवमा बाडिदा पार्टीमा विग्रह आएको उनले बताए ।

Global Ime bank

“सभापति प्रणाली हो भने त्यो हिसाबले हिँड्नुपर्यो । नभए अर्कै कुनै उपाय खोज्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । अहिले बहुपदीय भनिएको छ । बहुपदीयलाई खराब त भन्दिनँ, तर मिलेको छैन । यसले हामीलाई बिगारेको छ,” उनले भने ।

उनले पार्टी र सरकार पारदर्शी बन्नुपर्ने धारणा राखे । साथै, कोसी प्रदेशमा धार्मिक दंगा फैलन सक्ने डर बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय