site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुवास नेम्वाङको दृढताका कारण संविधान बन्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुवास नेम्वाङको दृढताका कारण दोस्रो संविधानसभाबाट संविधान बनेको बताएका छन् । 

मंगलबार दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न च्यासल पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेम्वाङले त्यसबेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् । 

उनले नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि बताए । थापाले ०६२/०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरूसँग संवाद गरेर काम गरेको र उनी साझा व्यक्तिको रूपमा स्थापित भएको बताए । 

नेम्वाङबारे के भने थापाले ?

०६२/०६३ को आन्दोलन पछाडि जतिखेर यस्तो पात्र चाहिएको थियो, जुन पात्रले आन्दोलनको मर्म पनि बुझ्न सक्छ । तर, जुन पात्रले फेरि त्यो बेलाको नेपाली राजनीतिको सबभन्दा महत्त्वपूर्ण राजनीतिक दल र तिनको नेतृत्वहरूको बीचमा 'अक्रस द पार्टी' संवाद पनि गर्नसक्छ । समन्वय पनि गर्न सक्छ । जुन पात्र सबैलाई आफ्नो जस्तो पनि लाग्छ, साझा पात्र । एउटा त्यस्तो पात्रको आवश्यकता थियो । सुवास नेम्वाङमात्र एउटा फिट पात्र हुनुहुन्थ्यो, जसले त्यो भूमिका बडो सहजताका साथ कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

संविधानसभाबाट संविधान निर्माण गर्ने अन्तिम क्षणमा संविधान सभाको यस्तो नेता चाहिएको थियो, जो दृढ संकल्प भएको । यो पटक संविधान बनाएरै छाड्ने हो । त्यो बेलाको जुन बाह्य दबाब थियो त्यो दबाबलाई थेग्न सक्ने । चिर्न सक्ने चाहिएको बेलामा दृढतापूर्वक उभिन सक्ने त्यो स्वभाव पनि सुवास नेम्वाङसँग रहेछ, जुन त्यतिखेर उहाँले प्रकट गर्नुभयो । समन्वयकारी क्षमता भएको तर चाहिएको बेलामा दृढ हुन नसक्ने भएको भए सायद त्यतिखेर संविधान सभाले संविधान बनाउन सक्दैन थियो होला ।

नेम्वाङको मंगलबार बिहान ७१ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro