site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेम्वाङको पार्थिव शरीर च्यासलमा

काठमाडौं । संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुर्‍याइएको छ । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट च्यासल लगिएको हो ।

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरिसकेको छ । सोहीअनुसार नेपाली सेनाको टोलीले नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालय च्यासल पुर्‍याएको थियो ।

नेम्वाङको आज बिहान निधन भएको हो । आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट नेम्वाङलाई राजकीय सम्मान र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले राजकीय सम्मान दिने निर्णय गरेपछि पार्थिव शरीर व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro