site stats
बाह्रखरी :: Baahrakhari
कला
खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ विमोचन

काठमाडौं । अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ विमोचन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खगेन्द्रसँग सिनेमामा काम गरेका अभिनेता तथा अभिनेत्रीले ‘पानीफोटो’ विमोचन गरेका हुन् ।

चलचित्र ‘पानीफोटो’ निर्माण तथा निर्देशन गर्दाको यात्रा र अनुभवलाई समेटेर पुस्तक तयार पारेको लेखक खगेन्द्रले बताए । आफूले सिनेमा नर्देशन गर्दा चलचित्र निर्माणको प्रक्रियाबारे जानकारी दिने नेपाली लेखकको पुस्तक खोजे पनि नपाएकाले यो पुस्तक सिनेमाका विद्यार्थीमा लागि सहयोगी बन्न सक्ने उनको विश्वास छ । उनी यो पुस्तकलाई ‘निर्देशकको यात्रा’ भन्न रुचाउँछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफैँ लेखक र निर्देशक हुँदाका कमजोरी पनि पुस्तकमा समेटिएको उनको भनाइ छ । 

pp-1694448245.jpg

पुस्तकमाथि टिप्पणी गर्दै कलाकार नीर शाहले ‘पानीफाटो’ सिनेमा मेकिङमा आउने विद्यार्थीका लागि उपयुक्त पुस्तक भएको बताए । यो पुस्तक चलचित्र विकास बोर्डमा सिनेमा दर्ता गर्नु अघि हरेक निर्माता तथा निर्देशकले पढ्नु पर्नेमा उनको जोड छ । 

“यो पुस्तक सिनेमा कलेजले आफ्नो पाठ्यक्रममा समावेश गर्नुपर्छ,” उनी भन्छन्, “यो पुस्तक सिनेमा कलेजले पढाउनु पर्छ ।” 

उनले साहित्यिक कृतिमाथि सिनेमा बनाउँदा हुने कमजोरी औँल्याउँदै चलचित्र ‘पानीफोटो’को कमजोर पक्षबारे पनि आफ्नो धारणा राखेका थिए । 
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्