site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निसानको म्याग्नाइट एसयूभी सार्वजनिक हुँदै

काठमाडौं । पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ ।

नेपालमा सन् २०२१ मा सार्वजनिक भइ नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयूभी–निसान म्यागनाइट–अब अटोमेटेड मेनुअल ट्रान्समिसन–एएमटी) सहित उपलब्ध हुनेछ ।

Dabur Nepal
NIC Asia

निसान म्याग्नाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई–म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै–दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्दछ ।

निसान म्याग्नाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध हुनेछ । जुनः एक्सएल एमआईडी, एक्सभी उप्पर, एक्सभी उप्पर दुयल, एक्सभी प्रिमियम÷एक्सभी प्रिमियम दुयल रहेको छ ।

“निसान म्याग्नाइटमा नयाँ एएमटि सुविधा आउनुले–निसानको निरन्तर इनोभेसनद्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधालाई झल्काउँछ,” निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेले भने ।

“म्याग्नाइटमा रहेको नयाँ एएमटी सुविधा नेपाली उपभोक्ताहरूको आवश्यकताअनुसार निकै उपयोगी हुनेछ । यसले म्यानुअल र स्वचालित ट्रान्समिसन दुवैलाई उत्कृष्ट संयोजन गर्दै नेपाली सडकका लागि सुविधाजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ,” पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले भने ।

निसान म्यागनाइट एएमटी चाँडै नै देशव्यापी रूपमा उपलब्ध हुने छ । म्यागनाइट एएमटीको लन्च नाडा अटो शोमा हुने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro