site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिजमा नेपाल टेलिकमको टिकटक च्यालेन्ज, पहिलो हुनेलाई ४० हजार

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तिजको लहर टिकटक च्यालेन्ज’ ल्याएको छ ।

टेलिकमको आधिकारिक टिकटक अकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

टेलिकमको तिजको लहर गीतमा टिकटक बनाई सहभागी हुन सकिने च्यालेन्ज भदौ २४ देखि असोज ७ गतेसम्म चल्नेछ ।

च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । यस्तै, सान्त्वना पुरस्कारको रूपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टपअप प्रदान गरिने कम्पनीले जनाएको छ ।

नेपाली महिलाहरूको चाड तिजलाई रमणीय बनाई टेलिकमसँग जोडिनसमेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro