site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिप्रदीको 'रिटेलर्स मिट र टाटा गुरु सम्मान' कार्यक्रम

काठमाडौं । सिप्रदी अटो पार्ट्सले काठमाडौं उपत्यकामा ‘रिटेलर्स मिट’ र ‘टाटा गुरु सम्मान’ कार्यक्रम आयोजना गरेको छ ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले कार्यक्रम सुरु गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टाटा लाई टाटा नै सही भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा सिप्रदीका सीईओ श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक स्थानमा रहेको बताएका छन् । सिप्रदी पनि सबै रिटेलर्स, मेकानिक्स र ग्राहकलाइ साथमा लिएर अगाडि बढिरहेको उनले बताए ।

tata-sipradi-motors--1694355823.jpg

सिप्रदीले हालै तीन दिन तालिम लिएका २५ जना प्राविधिकलाई प्रमाणपत्र वितरण गरी सम्मानित गरेको छ । श्रेष्ठले ग्राहकलाई टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियतरूपमा उपलब्ध होस् भनी सिप्रदीले अनलाइन स्टोर दराजसँग समझौता गरी दराजमा पनि उपलब्ध गराएको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्